0
Shares
नेपाल मुस्लिम युथ कमिटीले शनिवार खुल्ला रक्तदान कार्यकम गरेको छ ।
रक्तदान कार्यकम बिराटनगर सरौचियाको महाबिर चौकमा भएको थियो। कार्यकममा महिला ३ र पुरुस २० जना गरि जम्मा २३ जना सदस्यहरुले रक्त्तदान गरेका थिए ।
कार्यक्रमको प्रमुख अतिथि हाजी अरसद हुसैन विशिष्ठ अतिथि निसार आमद ,अबदुल सतार अन्सारी र डा रोहित समेतको उपस्थिति रहेको थियो ।
नेपाल मुस्लिम युथ कमिटीले “रक्त दान ” आयोजना गरेको तिस वर्ष पुरा भएको अबसरमा *खुल्ला रक्तदान कार्यकम संचालन गरेको र उक्त कार्यक्रम आयोजक मो० अनवर हुसैन र अध्यक्षतामा हयात आजम अन्सारी रहेको संस्थाका सचिव इमाम हैदरले बताए ।
नेपाल मुस्लिम युथ कमिटीले पहिलो पटक मिति २०५०/०३/१५ गते “खुल्ला खत दान कार्यक्रम को आयोजना गरेको थियो।

