पूर्व सह–सचिव लोकेश धाडेवा जनार्दन शर्माको ‘प्रगतिशील राष्ट्रिय अभियान’मा !

0 Shares

विराटनगर, योङ्ग कम्युनिष्ट लीग (YCL) नेपाल, विराटनगर महानगरका पूर्व सह-सचिव एवम् माओवादी केन्द्र वडा नं. १५ का इन्चार्ज लोकेश धाडेवा ले पार्टी एकतामा नजाने र जनार्दन शर्माको नेतृत्वमा रहेको प्रगतिशील राष्ट्रिय अभियानमा सहभागी हुने महत्त्वपूर्ण घोषणा गरेका छन्।

धाडेवालले  एक कार्यक्रममा बोल्दै आफ्नो निर्णय सार्वजनिक गरेका हुन्। उनले माओवादी केन्द्रभित्र बढ्दै गएको ‘बेथिति, अनियमिता, भ्रष्टाचार र परिवारवाद’ जस्ता विकृतिहरूविरुद्ध आफ्नो अडान स्पष्ट रहेको बताए।

धाडेवाको उद्घोष:

“राष्ट्रिय हित, विकास, विचार, सिद्धान्त र संगठनको बाटोमा रहेका बेथिति, अनियमिता, भ्रष्टाचार र परिवारवादजस्ता विकृतिहरूका विरुद्ध म अडिग छु। मेरो बाटो स्पष्ट छ — राष्ट्रिय एकता र परिवर्तनका निम्ति अब म प्रगतिशील राष्ट्रिय अभियानमा सहभागी भएको घोषणा गर्दछु। साथै बिराटनगर लाइ मात्र हेर्नो हो भने अन्दाजी १५० भन्दा बढि कार्यकर्ताहरु हाम्रो साथमा रहेको र संगै प्रगतिशील राष्ट्रिय अभियानमा सहभागी हुने पनि बताए।”

‘विचारहीनता’ले आन्दोलनको मर्म कमजोर बनाएको आरोप
हालसालै माओवादी केन्द्रको एकता प्रक्रियामाथि असन्तुष्टि व्यक्त गर्दै धाडेवालले संगठनभित्र आन्तरिक कमजोरी, व्यक्तिगत स्वार्थ र विचारहीनता हावी भएको र त्यसले दश वर्षे आन्दोलनको मर्म र भावनालाई कमजोर बनाएको गम्भीर आरोप लगाएका थिए।

युवा राजनीतिमा नयाँ मोड
विराटनगरको युवा राजनीतिक वृत्तमा धाडेवाको यो निर्णयलाई एक नयाँ मोडका रूपमा हेरिएको छ। माओवादी केन्द्रको तल्लो तहका जुझारु नेताको बहिर्गमनले पार्टीको संगठन विस्तार र चुनावी परिणाममा दूरगामी असर पार्न सक्ने विश्लेषण गरिएको छ।

जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियान ले हाल देशभर “राष्ट्रिय स्वाभिमान र उत्तरदायी नेतृत्व”को नारा लिएर संगठन विस्तार अभियान सञ्चालन गरिरहेको सन्दर्भमा, युवा नेता धाडेवाको प्रवेशले अभियानलाई विराटनगर र कोशी प्रदेशमा थप ऊर्जा प्रदान धाडेवाको बुझाइ छ।

सम्बन्धित समाचारसबै