पूर्वमन्त्री मण्डलले नेपाली कम्युनिष्ट पार्टीमा निरन्तरता दिने घोषणा गरे

0 Shares

पूर्वमन्त्री शिवकुमार मण्डल नेपाली कम्युनिष्ट पार्टीमा निरन्तरता दिने घोषणा गरेका छन्। पुष्पकमल दाहाल ‘प्रचण्ड’को संयोजकत्वको माओवादी केन्द्रसहित ११ वाम घटक एकीकृत भएर बनेको यो पार्टीमा माधव नेपाल सहसंयोजक छन् र निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिइसकिएको छ।

मण्डलले आन्तरिक विवादभन्दा पनि अहिले सबै एउटै मोर्चामा उभिनुपर्ने बताए। कोसी प्रदेशमा जनार्दन समूहका अधिकांश सदस्य (विराटनगर महानगर समिति सहित) र हर्क नेम्बाङ ‘मिक्सो’ जस्ता नेताहरू पनि प्रचण्ड पक्षमा लागेका छन्। यसले जनार्दन समूह कोसीमा थप कमजोर भएको छ; सुदन किराँतीबाहेक अन्य प्रमुख नेता छुटेका छन्।

सम्बन्धित समाचारसबै