मनमोहन विश्वविद्यालयले नेपालमा पहिलो पटक प्राविधिक स्नातक पढाई गर्ने

0 Shares

विराटनगर, १ पुष 

नेपालको पहिलो मनमोहन प्राविधिक विश्वबिद्यालयले नेपालमै पहिलो पटक सिभिल इन्जिनियरिङमा प्राविधिक स्नातक कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
कोशी सरकारले स्थापना गरेको मनमोहन प्राविधिक विश्वविद्यालयले एसईई उत्तीर्ण गरेर तीन बर्षे डिप्लोमा कोर्ष पुरा गरेका जुनियर सिभिलईन्जिनियर (जुई) हरुका लागि स्विस सरकारसँगको साझेदारीमा प्राविधिक स्नातक (विटेक) कार्यक्रम सञ्चालन गर्ने भएको हो ।

नेपालमा सिभिल इन्जिनियरिङ क्षेत्रमा पहिलोपटक राष्ट्रिय व्यावसायिक योग्यता प्रारुप तह–६ अनुरूपको प्राविधिक स्नातक (विटेक) कार्यक्रम सञ्चालन गर्न मनमोहन प्राविधिक विश्वविद्यालय (एमटियू) ले स्विस सरकारसँग औपचारिक सम्झौता पनि गरिसकेको छ ।

सोमवार २९ मंसिरमा मनमोहनको स्कुलअफ ईन्जिनियरिङ संकायको डिन डा रेखा श्रेष्ठ र स्वीस कन्ट्रयाक्टका कन्ट्रि डायरेक्टर संजय कार्की विच विटेक कार्यक्रम सञ्चलान गर्न औपचारिक सम्झौता भएकोले चाँडै पाठयक्रम निर्माण गरेर पढाई सुरु गराउने विश्वविद्यालयका उपकुलपति डा सुवासश्री पोखरेलले जानकारी दिए ।

उपकुलपति पोखरेलका अनुसार नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम प्रणाली सुदृढ गर्ने उद्देश्यसहित मनमोहन प्राविधिक विश्वविद्यालय र स्विकास कन्टयाक्टरल विच नेपाल व्यावसायिक योग्यता प्रणाली परियोजना अन्तर्गत साझेदारी गरिएको हो । विश्वविद्यालयका तर्फबाट डिन डा. रेखाश्रेष्ठ र स्वीस कन्ट्याक्टका तर्फबाट कन्ट्री डिरेक्टर संजय कार्कीले हस्ताक्षर गरेका छन् ।

मनमोहन प्राविधिक विश्वविद्यालय र स्विस कन्ट्रयाक्टसँग भएको  सम्झौता अनुसार एमटीयूले तीन बर्षे डिप्लोमा उत्तीर्ण गरेका जुनियर ईन्जिनियरहरुका लागि दक्षतामा आधारित पाठ्यक्रम विकास गर्नेछ । जसमा कार्य–आधारित सिकाइ, उद्योगसँग सम्बन्धित मोड्युल, पेशागत तथा उद्योग परिषद्हरूसँगको परामर्श, र नेपालको पूर्वाधार तथा निर्माण क्षेत्रको आवश्यकता अनुरूपका दक्षताका मापदण्डहरु पाठयक्रममा समेटिनेछन् । यो कार्यक्रम भविष्यमा अन्य टिबेटकार्यक्रमका लागि पनि मोडेल बन्ने विश्वविद्यालयको विश्वास छ ।

विश्वविद्यालयकी डिन डा. श्रेष्ठले देशका युवालाई आवश्यक उच्चस्तरीय प्राविधिक शिक्षा प्रदान गर्न स्विस कन्ट्रयाक्टसँगको सहकार्य महत्त्वपूर्ण हुने बताइन । उनका अनुसार प्राविधिक स्नातक कार्यक्रमले जुनियर ईन्जिनियरहरु उद्योगसँग प्रत्यक्ष जोडिनेछन । जसले आवश्यकता अनुसारको दक्षतामा आधारित जनशक्त्ति उत्पादन गरेर नेपालको औधो्गिक क्षेत्रकालागि प्राविधिक शिक्षालाई नयाँ दिशामा अघि बढाउन सहयोग पुरयाउने छ ।
स्वीस कन्ट्रयाक्टका कन्ट्री डायरेक्टर कार्कीले यस प्राविधिक विश्वविद्यालय सँगको सहकार्य नेपालमा सीप विकास क्षेत्रमा कोशेढुंङगा सावित हुने बताए । उनका अनुसार बीटेक कार्यक्रमले नेपालको सीप प्रणालीलाई श्रम बजारसँग अझ बलियोसँगजोडदै संरचनागत सुधार ल्याउने छ ।
हाल नेपालमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीभिटी) मार्फत प्रि–डिप्लोमा र डिप्लोमा तहका कार्यक्रम सञ्चालनमा हुदै आएका छन । तर एसईईपछि तीन बर्षे डिप्लोमा गरेका जुनियर ईन्जिनियरहरुले त्यसभन्दा माथिल्लो तहको अध्ययनका लागि स्पष्ट मार्ग नहुँदाअलमलमा पर्दै आएका छन । यसैले मनमोहन प्राविधिक विश्वविद्यालयले सञ्चालन गर्न लागेको विटेक कार्यक्रमले जुनियर सिभील ईन्जिनियरहरुको पेशागत उन्नतिमा थप सहयोग पुरयाउने छ ।

सम्बन्धित समाचारसबै