पर्यटकहरु घुमफिर गर्न आउने पिक सिजनमा पनि सुरु भएको छैन कोशी पर्यटन बर्ष २०८२ का कार्यक्रमहरु । अझै जेनजी आन्दोलनपछि सरकारले गरेको निर्णय अनुसार २५ प्रतिशत बजेट कटौती गर्ने कि नगर्ने भन्नेमै कोशी सरकार अलमलमलिएको छ । कार्यक्रम बनाउने निर्देशक समिति र बजेट खर्च गर्ने कार्यविधि पनि मन्त्रालयले भर्खर मात्र निर्माण गरेको छ ।
भित्री खबर संबाददाता
विराटनगर,२ मंसिर
पर्यटक घुमफिर गर्न आउने मुख्य (पिक) सिजन सुरु भैसक्दा पनि कोशी सरकारले घोषणा गरेको ‘प्रदेश पर्यटन बर्ष २०८२’ को कार्यक्रमहरु घोषणा आठ महिना वितिसक्दा पनि अझै कार्यक्रमहरु सुरु हुन सकेका छैनन । निजी क्षेत्रका पर्यटन व्यवसायी भने जेनजी आन्दोलनपछि ’नेपालको पर्यटन क्षेत्र सुरक्षित छ ढुक्कले घुमपिर गर्न आउनुहोस भन्दै ’ विदेशका पर्यटन व्यावसयीसँगै छलफल र अन्र्तक्रिया सहित प्रचारप्रसारमा सक्रृय भैरहेका छन ।
कोशी प्रदेश सरकारले २७ चैत २०८१ मा तेह्रथुमको बसन्तपुर स्थित तीनजुरे मिल्के जलजलेमा भव्य रुपले कोशी भ्रमण बर्ष २०८२ को तत्कालिन उपप्रधानमन्त्री प्रकाशमान सिंहबाट उदघाटन गरेका थिए । उदघाटन कार्यक्रममा कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ‘प्रदेश पर्यटन बर्ष २०८२’ मा कम्तीमा दुई लाख पर्यटक भित्रने दाबी गरेका थिए ।
उनकै नेतृत्वको सरकारले आर्थिक ‘प्रदेश पर्यटन बर्ष २०८२’ लार्य फलदायी बनाउन ५ करोड ४६ लाख रुपैया बजेट पनि बिनियोजन गरेको थियो ।
तर चालु आर्थिक कर्षको पाँच महिना वितिसक्दा बल्ल २६ मंसिरमा पर्यटन नीतिबारे एउटा अन्र्तक्रिया कार्यक्रम मात्र आयोजना भएको छ । भ्रमण बर्षमा पर्यटक आउने ‘पिक सिजन’ को डिसेम्बर महिना आधा वितिसक्दा पनि अझै कोशी सरकारले पर्यटन बर्षका लागि प्रर्बद्धनात्मक कार्यक्रमहरु सञ्चालन गराउन सकेको छैन । जेनजी आन्दोलनपछि सरकारले गरेको निर्णय अनुसार २५ प्रतिशत बजेट कटौती गर्ने कि नगर्ने भन्नेबारे अझै निर्णय गर्न बाँकी नै छ ।
जसले गर्दा पर्यटन मन्त्रालयलाई कार्यक्रमहरु चाँडो सञ्चालन गराउन समस्या भैरहेको छ । पर्यटन मन्त्रालयले बजेट कटौती गर्दा कार्यक्रमहरु प्रत्यक्ष प्रभावित हुने भन्दै बजेट कतौती नगर्न आग्रह गरेको छ । तर सरकारले अर्को निर्णय नगर्दा आर्थिक मामिला मन्त्रालयले अझै बजेट कटौती गर्ने नगर्नेबारे स्विकृती दिइकेको छैन ।
जेनजी आन्दोलनपछि सरकारको अलमलले गर्दा पर्यटन मन्त्रालयले पर्यटन बर्षका लागि कार्यक्रम निर्माण गर्न आवश्यक पर्ने मुल निर्देशन समिति र सञ्चालन गर्ने कार्यविधि पनि भर्खरै निर्माण गरेको छ ।
पर्यटन मन्त्रालयका महाशाखा प्रमुख कृष्णकुमार नेउपाने पर्यटन मन्त्रालयको सचिव निर्देशक रहनेगरि व्यवसायीहरुको समेत सहभागीतामा ७ सदस्यि निर्देशन समिति गठन भैसकेको र कार्यविधि पनि निर्माृण भएर राजपत्रमा प्रकाशित भइसकेकोले अब धमाधम बैठक बसेर कार्यक्रमहरुको सूची तयार गर्न लागेको बताए ।
उनका अनुसार २६ मंसिरमा निर्देशन समितको बैठक बसेर कार्यक्रमहरुको मोटमोटामोटी खाका तयार भएको छ । तर बजेटको सुनिश्चता बाँकी नै रहेकोले अझै कार्यक्रम टङुगो लाग्न सकेको छैन । महाशाखा प्रमुख न्यौपानेले भने ‘आर्थिक मन्त्रालयले स्विकृती दिएपछि निर्देशन समितिले तयार गरेका कार्यक्रम अनुसार नै विनियोजित भएको बजेट खर्च हुनेछ ।’
निर्देशन समितिले तयार पारेको कार्याक्रमको खाका अनुसार बल्ल छिमेकी देश भारतको विहार , वंगाल र सिक्किम राज्यमा गएर पर्यटन गनतब्य र सुरक्षा अवस्थाको प्रचार गर्ने , पर्यटकहरुको सेवाबारे स्थानिय व्यवसायीहरुलाई अभिमुखिकरण गर्ने , पर्यटन व्यवसायहरुको सूची तयार गर्ने र पर्यटन पढिरेहका विद्यार्थीहरुलाई र मिडियाहरुलाई प्रचारप्रसारमा परिचालन गर्नेृे लगायतका पहिलो चरणमे गरिसक्नुपर्ने कार्यक्रमहरु छन । सचिवहरुको सरुवा र जेनजी आन्दोलनको असरले गर्दा पहिलो चरणमै गरिसक्नुपर्ने पर्यटन प्रबृद्धन र प्रचारप्रसारका लागि गरिने प्राय कार्यक्रमहरु स्थगित भएका छन । संचारकर्मीहरुलाई लेखनबृत्ति दिने , टेलिभिजनहरु मर्फत प्रचार प्रसार गराउने , डकुमेन्ट्रिी निर्माण गर्ने लगायतका कार्यक्रमहरु स्थगित भएको महाशाखा प्रमुख नेउपानेले बताए ।
कोशीका सक्रृय पर्यटन व्यावसायीका अनुसार कार्यक्रम निर्माण र बजेट कार्यान्वयनमा ढिलाइ हुँदा पूर्वाधार विकास र प्रवर्धनका कार्यक्रम रोकिएकोले पर्यटक आकर्षित गर्ने मुख्य सिजन नै घर्किने जोखिम बढेको चिन्ता गर्छन । सरकारले एकातिर पर्यटन वर्ष मनाउने घोषणा गर्ने र अर्कोतिर बजेट तथा कार्यविधिमा अल्झाएर राख्ने प्रवृत्तिले कोशीको पर्यटन क्षेत्रले अपेक्षित गति लिन सकेको छैन । यसैले प्याकेज कार्यक्रमरु बनाएर प्रचारप्रसार र व्यवस्थापनका कार्यमा तीब्रता दिनुपर्नेृे व्यवसायीहरु जोड दिन्छन । होटल व्यवसायी महासङ्घ कोशीका उपाध्यक्ष रबिन गौतम भन्छन , ’सरकारले गति तीब्र बनाएन भने कोशी पर्यटन बर्ष घोषणामै सिमित हुनसक्छ यसमा गम्भिर हुनुपर्छ ।’
कोशी प्रदेशका पर्यटकिय गनतब्यहरुमा घुमिफिर गर्न डिसेम्बर र जनवरी महिनामा उल्लेख्य संख्यामा भारतीय पर्यटकहरु आउनेगर्छन । तर ‘पिक सिजन’ मै सरकारको प्रचारप्रसारदेखी व्यवस्थापनका कार्यक्रमहरु सुस्तहुँदा कोशी सरकारको प्रदेश पर्यटन बर्षले आपेक्षित सफलता पाउने गाह्रो हुने पर्यटन व्यवसायी बताउँछन ।
उद्योग बाणिज्य महासंघ कोशीका पर्यटन समिति संयोजक भवेश श्रेष्ठ जेनजी आन्दोलनपछि पर्यटनका लागि नेपाल असुरक्षित छ भन्ने भ्रमलाई चिर्न हामी आफनै खर्चमा भारतका विभिन्न शहरमा गएर छलफल र सेमिनारहरु आयोजना गरिरहेका छौ तर सरकारको काम भने अझै सुस्तगतिमा रहेको बताउँछन । उनका अनुसार पर्यटन व्यवसायीहरुको छलफललाई भारतीय सञ्चार माध्यमहरुले समेत उच्च महत्व दिएर प्रचारप्रसारमा सहयोग पुरयाइरहेका छन । यसैले सरकाले पनि विदेशमा गएर जीटुजी सम्बन्ध बनाएर प्रचारप्रसार तीब्र बनाउनुपर्ने श्रेष्ठ बताउँछन। पर्यटन व्यवसायी श्रेष्ठ भन्छन ,‘ जेनजी आन्दोलनको बहाना बनाएर सरकार सधै अलमलमा परिरहनुहुदैन बाधा अडकाउन फुकाएर प्रदेश पर्यटन बर्ष सफल बनाउन सरकार फास्ट ट्रयाकबाट लागिपर्नुपर्छ ।,
नेपाल सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्न कोशीका पर्यटन व्यवसायी सक्रृय
जेनजी आन्दोलनपछि नेपालको पर्यटन क्षेत्र सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्न कोशीका पर्यटन व्यवसायीहरु सक्रृय रुपले लागिपरेका छन । उनीहरुले दोसे देश भारत र तेस्रोम मुलुका पर्पटन व्यवसायीहरुसँग सम्बन्ध बनाएर नेपाल घुमफिर गर्न सुरक्षित भन्दै सन्देश प्रवाह गर्न पर्यटन व्यवसायीहरु लागिपरेका छन ।नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेश, पर्यटन तथा हवाई यातायात समितिले पर्यटन विज्ञ र व्यवसायीहरुलाई जेनजी आन्दोलनपछि नेपाल असुरक्षित छ भन्ने गलत सन्देश अन्तराष्ट्रिस्तरमा जान नदिन सबैले सकात्मक सन्देश प्रवाह गर्नुपर्नेमा जोड दिन आग्रह गर्दै आएको छ । पर्यटन तथा हवाई यातायात समिति सभापति भविष श्रेष्ठले भदौ अन्तिम साता नेपालमा घटेको घटनाक्रम बाट पर्यटन क्षेत्रमा उत्पन्न असहज परिस्थिति हटाउन आफुरु नेपाल सुरक्षित छ भन्दै छलफल र अन्तक्रियाहरुमा सहभागी भैरहेको बताउँछन । पर्यटन विज्ञ डा प्रनिल नेपाल उपाध्यायले देशको पर्यटन क्षेत्रलाई पूर्ववत रूपमा फर्काउन सरकारले पनि दोस्रो र तेस्रो देशका पर्यटन व्यवसायी विज्ञ र सरकारहरुसँग नेपालकापर्यटकिय क्षेत्रहरु सुरक्षित छन भन्ने सन्देश दिनुपर्नेमा वताउँछन ।