निशुल्क स्वास्थ शिविर गरि स्थानीयको मन जित्दै गोल्डेल हस्पिटल-BHITRAKOKHABAR

0 Shares

सुनसरीको भोक्राहा नर्सिङ्ग गाँउपालिकामा निशुल्क स्वास्थ शिविर कार्यक्रम आयोजना भएको छ ।

भोक्राहा नर्सिङ्ग गाँउपालिकाको चिरौली वडा न ५ को कार्यालयमा भोक्राहा नर्सिङ्ग गाँउपालिका र गोल्डेल अस्पतालको प्रविधिक सहयोग बाट सो शिविर गरिएको हो । शिविरमा वरिष्ट फिजिसिएन डा. श्याम कुमार रौनियार ,वरिष्ठ हाड जोर्नी विशेषज्ञ डा.अजय महतो, स्त्री रोग विशेषज्ञ डा. प्रक्रिति आर्चाय , बाल रोग विशेषज्ञ डा. संतोष यादव,रेडियोलिजिश्ट डा रंजिब यादब,मेडिकल अफिसर डा कोमल गुप्ता / डा अहमद लगायत अन्य स्वास्थकर्मीहरुको सहभागिता रहेको थियो ।

विहान ८ बजे देखि सुरु गरिएको नि शुल्क स्वास्थ शिविरमा उपचार सहित औषधी वितरण , ब्लड सुगर चेक जाँच,इसिजी र यु एस जी पनि निशुल्क गरिएको गोल्डेन अस्पतालका प्रवन्धक सुधिर सिहं राठौरले जानकारी दिए । शिविरमा वडा न. ५ का वडा अध्यक्ष,वडा सचिव सहित वडाका स्वास्थ्यकर्मीहरुको सहयोग रहेको थियो साथै अन्य वडाका मानिसहरुको पनि उपस्थिती रहेको उनले जानकारी दिए ।

उपचार गर्नेको संख्या ( ६५५ ) छ सय पचपन्न जना बढि रहेको थियो । प्रवन्धक राठौरले भने : उपचार गर्नको लागि वृद्धहरुको संख्या धेरै रहेको थियो र विषेश गरि ओषधी र हाडजोर्नी तथा मेडिसिन संगै बालबालिकाहरुकोको चेकजाँच गर्नेको संख्या धेरै रहेको उनले बताए । साथै वडा न ५ का वडा सचिव,वडा अध्यक्ष लगायत स्वास्थ्य साखाका सम्पुर्ण स्वास्थ्यकर्मीहरुको पूर्ण सहयोग रहेको बताए।

सिविर पश्चात फलो-अप चेकजाँच गर्न आउने बिरामीहरुका लागि अस्पतालले बिशेष छुटको व्यवस्था गरेको प्रवन्धक राठौरले बताए।

गोल्डेन हस्पिटल बिराटनगर बिगत लामो समय देखि पहुच नपुगेका जिल्लाहरुमा पुगी निरन्तर निशुल्क स्वाश्थ्य शिविर सेवालाई प्राथमिकतामा राखी स्वाश्थ्य शिविर गर्दै आइरहेको छ , हस्पिटलका चिकित्सक टोलि हरेक महिना जिल्ला जिल्ला पुगी निशुल्क औषधि वितरण देखि चेक जांच समेत गरिरहेको छ ।

फोटाहरु :

सम्बन्धित समाचारसबै