विराटनगर ,८ पुस
लेखापढी व्यवसायी बताउदै सेवाग्राहीसँग घुस लिने गरेको आरोपमा प्रहरीले मालपोत र प्रशासन कार्यालय अगाडी बस्ने २९ जना विचौलियाहरुलाई पक्राउ गरेको छ ।
सिडिओलाई समेत बुझाउनुपर्छ भन्दै सेवाग्राहीसँग घुस माग्ने र नदिएमा सरकारी कार्यालयमा सेवाग्राहीलाई असहज बनाउने, काममा अवरोध पार्ने र अनावश्यक दुख दिने गरेको प्रत्यक्ष जानकारी पाएपछि मोरङका सिडिओ युवराज कट्टेलको निर्देशनमा मंगलवार प््रहरीले २९ जना विचौलिायहरुलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार एक जना लेखापढि व्यवसायी वताउनेले एक सेवाग्राहीसँग सीडीओलाई ५ हजार बुझाउनुपर्ने भनेर घुस मागेको एसएमएस सिडओ कट्टेलसम्म पुगेको थियो । त्यसपछि उनले लेखापढि व्यवसायीहरुमाथि निगरानी बढाएर प्रहरीलाई नियन्त्रणमा लिन लगाएका थिए ।
पक्राउ परेका लेखापढि व्यवसायी वताउने विचौलियाहरुमा मालपोत कार्यालय विराटनगरका २० जना र जिल्ला प्रशासन कार्यालय मोरङका ९ जना छन ।
पक्राउ परेका विचौलियाहरुसँग विस्तृत सोधपुछ भइरहेको र दोषी देखिए कानुन अनुसार घुसलेनदेन कसुरमा कारबाही गरिने मोरङ प्रहरी प्रबक्त्ता कोपिला चुँडालले बताइन ।