पाँचथरबाट नेकपाका मिक्सोको नाम सर्वसम्मत सिफारिस

0 Shares

विराटनगर ९पुस

नेपाली कम्युनिष्ट पार्टीको पाँचथर जिल्लाबाट आगामी २०८२ फागुन २१ गतेका लागि त हर्कबहादुर नेम्वाङ (मिक्सो) को नाम सर्वसम्मत रूपमा सिफारिस गरेको छ ।

पार्टीको मंगलबार बसेको जिल्लास्तरीय बैठकले सर्वसम्मत रुपमा नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । मिक्सो तत्काल माओबादी केन्द्रका पाँचथर अध्यक्षहुँदै प्रदेश नं १ को अध्यक्ष रहेका थिए । जनयुद्ध कालदेखी संघर्ष गर्दै आएका मिक्सो भद्र र जुझारु नेताका रुपमा चिनिन्छन ।

स्थानीय नेता दिनेश लावतीका अनुसार जिल्ला कार्यसमितिको बैठकले नेम्वाङको उम्मेदवारीलाई सर्वसम्मत रूपमा अनुमोदन गरेको हो । एकभन्दा धेरै दावेदार रहेको अवस्थामा जेनजी र महिलासहित पाँच जनाको नाम पठाउने पार्टी केन्द्रले परिपत्र गरेको भएपनि नेम्बाङको नाममा सर्वसम्मति भएकोलले एकल सिफारिस भएको नेताहरुले बताएका छन् ।

तत्कालीन नेकपा माओवादी कोशी प्रदेशका अध्यक्षसमेत रहेका नेम्वाङ अनुभवी र पुराना राजनीतिक कार्यकर्ता हुन् । जनयुद्धका क्रममा घाइते भएका उनलाई जिल्लामा एक इमान्दार र शालीन नेताको रूपमा हेरिन्छ ।

नेम्वाङको राजनीतिक यात्रा लामो भएपनि उनले हालसम्म कुनैपनि लाभको पद धारण गरेका छैनन् । उनको त्याग र पार्टीप्रतिको निष्ठाका कारण नै उनलाई यसपटक चुनावी मैदानमा उतारिएको सो पार्टीले जनाएको छ ।

न्mबष्
ि

सम्बन्धित समाचारसबै