पाँचौ पटक चुनाव लडने डिकबहादुरको चाहना

0 Shares

विराटनगर,९ पुस

डिबहादुर लिम्बु उमेरले एक्स पुस्ता हुन । अर्थात उनी ५५ कटिसेकका नेपाली कांग्रेस मोरङका पुराना नेता हुन । मोरङको विकट मानिने टाँडी घर भएका लिम्बुले शान्तिप्रकृया यता चार पटक प्रतिनिधि सभाको निर्वाचन लडिसका छन।

२०६४ देखी चुनाव लडदै आएका उनले दुई वटा चुनावमा निरन्तर हार वेहोरेपनि २०७४र २०७९ को चुनावमा बर्षमान पुन र घनश्याम खतिवडालाई पछाडी पार्दै जित निकाले । काँग्रेस मोरङका सभापति तथा पूर्व खेलकुद मन्त्री लिम्बू आगामी फागुन २१ गते हुने आम निर्वाचनमा पाँचौ पटक आफनो क्षेत्र मोरङ १ बाट पाँचौ पटक चुनाव लडने तयारीमा छन ।

अन्तिम पाँचौ पटक चुनाव लडने तयारीमा रहेका लिम्बुको नाम सिफारिस भैसकेको छ । अन्तिम पटक संसदीय चुनाव लडने र त्यसपछि पार्टी काममा मात्रै काम गर्ने लिम्बुको मनसाय छ ।
शिक्षकबाट सामुदायिक बनको अध्यक्षहुदै सक्रृय राजनीतिमा आएका डिकबहादुर पहिले सभापति देउवाको पार्टी प्रजातान्त्रिक काँग्रेसमा सक्रृय थिए । एकतापछि पनी उनी सधै देउवा निकट रहे । तर पछिल्लो समय उनी इतरपक्षका डा. शेखर कोइराला समूहका प्रभावशाली नेता मानिन्छन ।

अब उनी पार्टीको कोशी प्रदेश सभापति बन्ने तयारीमा पनि छन । यसपाली प्रदेशको सभापतिका लागि गुरुराज घिमिरेले उम्मेदवारी नदिने लिम्बु बताउँछन । लिम्बुले २०७० र २०७९ मा लिम्बूले एमालेका घनश्याम खतिवडालाई पराजित गरेका थिए । यसपाली पनि उनको प्रतिस्पर्धा खतिवडासँगै हुने अवस्था छ । ’म अब चुनावको बेस्ट अफ फाईभ खेलाडी बनेर विदा लिन्छु ’, त्यसपछि संसदीय चुनाव लडदिन पार्टी काममा मात्रै रहन्छु लिम्बु भन्छन ।

काँग्रेसमा सिनियर जुनियारको विभेद चर्को रहेको स्विकार्ने डिकबहादुर पार्टीमा पुस्तान्तरणको मुद्दा डा शेखर कोइरालाको पनि भएकोले अब नयाँ नेताले पार्टी हाँक्नुपर्ने लिम्बुको मनसाय छ। उनी गगन थापा र शेखर कोइरालाले पार्टी सभापति र प्रधानमन्त्रीमा आपसमा बाँडफाँड गर्नुपर्ने लिम्बु बताउँछन।उनी गगन प्रधानमन्त्री भए शेखर सभापति र शेखर प्रधानमन्त्री भए गगन सभापति हुनुपर्छ भन्छन ।

लिम्बु काँग्रेसले पुसमा तोकेको मितिमा नियमित महाधिवेशन सम्पन्न गर्नैपर्छ भन्छन । त्यसका लागि प्रदेश र जिल्लाको निर्वाचन थाँती राखेर वडा र क्षेत्रको निर्वाचन सकेर एकैचोटी महाधिवेशन गर्नुपर्ने उनको भनाई छ ।

लिम्बु जेनजी आन्दोलनपछि नयाँ र पुराना पार्टी विचको विभेदिकरण बढेर गएकोमा चिन्तितत छन । पुराना दलको त्याग र योगदान विना नयाँ दलहरु आउन सक्ने अवस्था नै नहुने भएकोले नयाँ पुस्तालाई पुरानाहरुको सघर्ष बुझाउनुपर्ने उनको धारणा छ ।

शान्तिप्रकृया अघि काँग्रेसले बहुमत पाएकै थियो पछि माओबादीले पनि पायो । तर सत्ता स्वाथ्र्यले गर्दा कसैको सरकार दिगो हुनसकेन। भारतमा गठबन्धको सरकार भएपनि त्यहाँ सरकार गिराउने र आफु सरकारमा जाने फोहोरी खेल भएको छैन । यसैले नेपालमा पनि पार्टीहरुले धेरै सिक्नुपर्ने लिम्बु बताउँछन। तर नेपालको निर्वाचन प्रणाली यही रहेसम्म कसेको पनि बहुमत नआउने भएकोले सत्ताको स्वार्थ संघर्षले अस्थिरतालाई मलजल गरिरहने लिम्बु बुझाई छ ।

सम्बन्धित समाचारसबै