विद्यार्थी निलम्बनविरुद्ध मनमोहन प्राविधिक विश्वविद्यालयमा आन्दोलन

0 Shares

विराटनगर । मोरङको बुढिगंगा गाउँपालिका–४ स्थित मनमोहन प्राविधिक विश्वविद्यालयमा चार जना विद्यार्थीलाई निलम्बन गरिएको विरोधमा विद्यार्थीहरूले तालाबन्दी गरेका छन्। विश्वविद्यालय प्रशासनको निर्णयप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरू शुक्रबार बिहानदेखि आन्दोलनमा उत्रिएका हुन्।

डिप्लोमा तेस्रो वर्षमा अध्ययनरत चार जना विद्यार्थीले गत पुस ७ गते कलेज परिसरमा अभद्र व्यवहार गरेको आरोप लगाउँदै विश्वविद्यालयले उनीहरूलाई निलम्बन गर्ने निर्णय गरेको थियो। तर, उक्त निर्णय अन्यायपूर्ण भएको दाबी गर्दै करिब १०० जनाको संख्यामा विद्यार्थीहरू विश्वविद्यालयको मूल गेटमा भेला भई नाराबाजीसहित तालाबन्दीमा उत्रिएका छन्।

बिहान करिब ९:३० बजेदेखि सुरु भएको प्रदर्शन र हो–हल्लाका कारण विश्वविद्यालयको पठनपाठन तथा प्रशासनिक सेवा प्रभावित भएको छ। अवस्था तनावग्रस्त बन्दै गएपछि घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय नेमुवाबाट प्रहरी नायब निरीक्षक (सई) अशोक कार्कीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको छ।

हाल प्रहरीले विश्वविद्यालय प्रशासन र आन्दोलनरत विद्यार्थीबीच समन्वय गराउँदै वार्तामार्फत समस्या समाधान गर्ने प्रयास गरिरहेको जनाइएको

सम्बन्धित समाचारसबै