जुगेश दास सुनसरी । सुनसरीको बर्जु गाउँपालिकामा पाँचौ बर्जु महोत्सवको तयारी पुरा भएको छ । जिल्लाको बर्जु गाउँपालिका वडा नं. ६ चिमडीमा रहेको चिमडी दह अर्थात बर्जु तालमा शुक्रवारदेखि १४ दिने बर्जु महोत्सवको तयारी पुरा भएको छ । नयाँ वर्षलाई लक्षित गर्दै पाँचौ बर्जु महोत्सवको आयोजना गरेको हो ।
आन्तरिक पर्यटक भित्राउने उदेश्यले पुष २७ गते देखि २०८० माघ ११ गते सम्म संचालन हुने गरि १४ दिने बर्जु महोत्सव गर्न लागिएको आयोजकले जनाएकोे छ ।
सदरमुकाम इनरुवादेखी १८ किलोमिटर दक्षिण पूर्व र मोरगंको बिराटनगर बरगाछीचौक देखि करिब ९ कि.मी.पश्चिममा पर्ने बर्जु ताललाई आन्तरीक तथा बाह्य पर्यटकहरू माझ चिनाउनका लागि बर्जु महोत्सव आयोजना गरिएको वर्जु महोत्सव आयोजक कमिटिका अध्यक्ष श्रवण कुमार चौधरीले जानकारी दिनुभएको छ ।
सविकको चिमडी गाउँ विकासमा रहेको १ सय ५२ बिघामा फैलिएको यो ताल क्षेत्र हालको वर्जु गाउँपालिका ६ मा पर्छ । यहाँ सयौ प्रजातिका पंक्षी तथा जलपक्षी, आकर्षक ताल, ढुङगा सयर, विश्राम स्थल, पलाउदै गरेको
हरियो वन सहित मनोरम दृश्य, विभिन्न कलाकारको प्रस्तुती सहितको मनोरञ्जानत्मक कार्यक्रम र कुस्ती सम्मको अवलोकन गर्न पाउने छ ।
पर्यटकीय सम्भावनाले भरिपुर्ण भएपनि प्रचार– प्रसारको अभावले ओझेलमा परेकाले यस क्षेत्रलाई चिनाउनका लागि पनि बर्जु तालमा महोत्सवको आयोजना गरिएको जनाएको छ । तालमा हुने महोत्सवमा विभिन्न स्टल र रमाइलो मेलासँगै कुस्ती प्रतियोगिता पनि सञ्चालन हुने जानकारी दिएको छ ।
महोत्सवको आकर्षणको रुपमा नेपालका ख्याती प्राप्त कालाकारहरु द्वारा प्रत्येक दिन राति १० बजे सम्म सांस्कृतिक कार्यक्रम रहने छ जस्मा राष्ट्रीय कलाकार धुरमुस, सुन्तली, ज्योती मगर, मुस्कान चौधरी, सुशिला कार्की, प्रिती पासवान, भगवत मण्डल, निरुता साह र माही मनिषाका साथै स्थानिय कलाकारहरुको प्रस्तुति रहनेछ । प्रत्येक दिन दिउसो ३ बजे देखि दंगल अथार्त कुस्ती नेपाल र भारतका पहलवानहरुको रहने छ। खानाका पार्खीहरुका लागि बिभिन्न स्टल गरि जम्मा ३० वटा स्टलहरु रहनेछ । त्यस्तै मनोरञ्जनात्मक खेलहरु झुला, रोटे पिङ, ड्रागन रेल, मिक्की माउस, आदी रहनेछ ।
त्यस्तै कार्यक्रमलाई सभ्य र भव्य बनाउन महोत्सव भित्र जाडरक्सी बेचबिखन गर्न तथा सेवन गरेर प्रवेश गर्न पुर्णरुपमा प्रतिबन्ध लगाउने आयोजकले जनाएको छ ।
यता ब्यवस्थापन पक्षमा आयोजकले १०० जना स्वमसेवकको ब्यवस्थापन गरेको छ । शान्ती सुरक्षाको लागि नेपाल प्रहरी र सशत्र प्रहरीहरु पनि रहनेछ । महोत्सवको निगरानीका लागि १० थान सिसि क्यामरा जडान गरेको छ ।