वडा अध्यक्ष कमरलाइ एमाले वडा कमिटिको ध्यानाकर्षण

0 Shares

नेकपा एमाले विराटनगर–१७ वडा कमिटिले सरसफाई, पानीको निकासका लागि नाला र विद्यालयमा शौचालयको व्यवस्थापन गर्न माग गर्दै वडा कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । वडा अध्यक्ष समिम कमरलाई एमालेको वडा पार्टी कमिटिले ज्ञापन पत्र बुझाएर जनसरोकारको विषयमा ध्यानाकर्षण गराएको हो ।

महानगरपालिका कमिटिका सदस्य हामिद आजादका अनुसार विराटनगर–१७ मा एउटा मात्रै सामुदायिक विद्यालय रहेको छ । उक्त विद्यालयको शौचालय दुर्गन्धित भएपनि त्यसको व्यवस्थापनमा कसैको चासो पुगको छैन । स्थानीय सरकार अन्तर्गत वडाको नेतृत्वले त्यसमा सुधार ल्याउनु पर्ने माग प्राथमिकतामा राखेर गरिएको हो । गर्मी मौसममा विद्यालयको शौचालयको दुर्गन्धले बालबालिकालाई असर पर्नसक्ने संभावना देखिएकोले त्यस अगावै सुधार गर्न भनिएको छ ।

यसैगरी वडामा सरसफाई र पानीको निकास हुने गरि नालाको व्यवस्थापन गर्नपर्ने माग समेत गरिएको आजादले जानकारी दिए । वडा अध्यक्ष कमरलाई खानेपानी, शिक्षा, सरसफाई र पानीको निकासका लागि नाला निर्माण र सफाईमा ध्यान दिन भनिएको हो ।

ज्ञापन पत्र बुझाउन वडा कमिटीका अध्यक्ष मो गुलजार, सचिव कृष्ण यादब लगायत को सहभागिता रहेको महानगर सदस्य आजादले जानकारी दिनुभयो ।

सम्बन्धित समाचारसबै