निजी क्षेत्रलाई निर्वाध काम गर्ने ग्यारेन्टी छैन : ढकाल

0 Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष चन्द्र प्रसाद ढकालले गत भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनपछि अझै निजी क्षेत्रले निर्वाध रूपमा काम गर्न पाउने वातावरणको ग्यारेन्टी हुन नसकेको बताएका छन् ।

महासंघले आज बुधबार आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’बारे सर्वपक्षीय राष्ट्रिय सम्वादमा उनले निजी क्षेत्र आफ्नो दायित्वप्रति प्रतिबद्ध हुँदा पनि समृद्धिका लागि निजी क्षेत्रको संरक्षणको विषयमा भने अझै पनि ओझेलमा परिरहेको भान भएको बताएका हुन् ।

‘निजी क्षेत्र अझै पनि ढुक्क भएर लगानी गर्न सक्ने अवस्था छैन,’ उनले भने, ‘गलत काम गर्नेहरूमाथि कारबाही नहुँदा दण्डहीनता मौलाउँदै जाने हो कि भन्ने आशङ्का बढ्नु स्वाभाविक नै हो । उद्यमी र उद्यमशीलताको विकासका लागि सहज नीतिगत व्यवस्था, निजी क्षेत्रको सम्मान, निर्बाध पेशा व्यवसाय गर्न पाउने सुनिश्चितता र सम्पत्तिको सुरक्षा महसुस नगर्दासम्म मुलुकमा लगानी हुँदैन र आउँदैन ।’

सम्बन्धित समाचारसबै