0
Shares
काठमाडौं। वैज्ञानिकहरुले धर्तीकै सबैभन्दा तितो पदार्थ पत्ता लगाएका छन् । वैज्ञानिक नाम एमारोपोस्टिका स्टिप्टिका भएको एउटा च्याउमा भएको पदार्थ नै पृथ्वीको सबैभन्दा तितो पदार्थ हो ।
तितो ब्राकेट ढुसी नामले चिनिने उक्त च्याउ विषालु त छैन, तर यसको तितो स्वादले चाहिँ तपाईलाई खुत्रुक्कै पार्नसक्छ ।
वैज्ञानिकहरुले यो ढुसीमा पत्ता लगाएको तितो पदार्थ यतिधेरै शक्तिशाली छ कि यसको निकै थोरै अंशले पनि जिब्राको तितो स्वाद थाहा पाउने प्रापकलाई सक्रिय बनाउँदछ ।
जर्मनीको लिबनिज इन्स्टिच्युट अफ फूड सिस्टम बायोलोजी एण्ड प्लान्ट बायोकेमेस्ट्रीका वैज्ञानिकहरुले यो अखाद्य च्याउको तितो पदार्थ पत्ता लगाएका हुन् ।