सगरमाथा लुम्बिनी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

0 Shares

काठमाडौं- सगरमाथा लुम्बिनी  इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज मंगलबार अन्तिम दिन रहेको छ।

कम्पनीले साधारणसभा तथा लाभांश वितरणको लागि वैशाख १७ गते बुक क्लोज गर्न लागेकोले आजसम्म कायम सेयरधनी मात्र लाभांशका लागि योग्य हुनेछन् ।

कम्पनीले गत वर्षको नाफाबाट १५ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यसले वैशाख २८ गते वार्षिक साधारणसभा बोलाएको छ । सभा रानीमहल बैंक्वेट प्रालि, ज्ञानेश्वर काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको आर्थिक प्रतिवेदन अनुमोदन गर्नेछ।

सम्बन्धित समाचारसबै