सामसङकाे सबैभन्दा पातलाे फाेन सार्वजनिक, कति पर्छ मूल्य?

0 Shares

काठमाण्डाै – दक्षिण कोरियाली ब्रान्ड सामसङको सबैभन्दा पातलो स्मार्टफोन सार्वजनिक भएको छ ।

आफ्नो प्रतिद्वन्द्वी एप्पललाई टक्कर दिन सामसङले आफ्नो सबैभन्दा पातलो स्मार्टफोन एस२५ एज सार्वजनिक गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यो फोन आगामी महिना सार्वजनिक हुने अनुमान छ।

५ दशमलव ८ मिलिमिटर पातलो यो फोनमा कृत्रिम बुद्धिमता अर्थात् ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) का सुविधाहरू बढाइएको र एप्पललाई उछिन्दै अघि बढ्ने लक्ष्य राखेको खबरमा उल्लेख छ ।

एस२५ एजमा २०० मेगापिक्सेलको मुख्य क्यामेरा र अगाडि १२ मेगापिक्सेलको सेल्फी क्यामेरा छ । एस२५ एज मे २३ मा दक्षिण कोरियामा र मे ३० मा अमेरिकामा उपलब्ध हुनेछ । यो फोनको शुरुआती मूल्य १ हजार ९९ अमेरिकी डलर छ ।

सम्बन्धित समाचारसबै