त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागु औषध सहित एक जर्मन नागरिक पक्राउ

0 Shares

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना जर्मन नागरिक पक्राउ परेका छन्।

लागु औषध चरेशसहित सोमबार बिहान विमानस्थलबाट पक्राउ गरेको लागु औषध नियन्त्रण ब्युरोका प्रवक्ता एसपी चक्रराज जोशीले जानकारी दिए।

उनीबाट अन्दाजी ६ किलो चरेश बरामद भएको हो। ती नागरिकले सुटकेशमा फल्सबटम बनाएर लुकाएर ल्याएका थिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले उनीमाथि थप अनुसन्धान गर्न ब्युरोलाई बुझाएको छ।

थप विवरण खुल्न बाँकी रहेको एसपी जोशीले बताए। यसमा अन्य व्यक्तिहरूको पनि संलग्नता हुनसक्ने प्रहरीले बताएको छ।

सम्बन्धित समाचारसबै