विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रमा सवारी साधनको धेरै संख्या बृद्धी भए संगै दुर्घनाको जोखिम पनि बढ्ने अवस्था रहेको छ ।
आज भोली मानिसहरुलाई सवारी साधनको कारण आवत जावत गर्न निकै सहज भएको छ । महानगर भित्र आजभोली सिटी सफारीहरुको संख्या पनि निकै बढ्दै गईरहेको छ जस्ले गर्द अन्य सवारी साधनहरुलाई पार्क गर्न कुदाउन पनि निकै असहज भएको छ ।
जथा भावी सवारी रोक्ने कुदाउने जस्तो कारणले पनि दुर्घटनाको समस्या निम्त्याउन सक्ने अवस्था आउने गर्दछ । विशेष गरि बजार क्षेत्रमा सफारी मनपरी ठाँउहरुमा रोक्ने , कहिले चाहिने भन्दा बेसी सवार गराउने कारणले दुर्घटना बढ्न सक्ने अवस्था निकै देखिएको छ । महानगरमा सिटी सफारी भित्रिए देखि मानिसहरु कर्जा लिएर भएता पनि सिफरी खरिद गरि आफ्नो जिविका चलाउन सुरु गरेका छन् । कुदाउन सजिलो र छिटो भएको कारण सफरी बजार भित्रिए पछि अन्य सवारी साधनलाई भने निकै अफ्ठ्यारो परेको छ ।
भारत तर्फ बाट पनि सवारी साधन आउने गरेको कारण महानगरपालिकामा सवारी साधनको चाप निकै बढ्नाले यसलाई नियन्त्रण गर्न महानगरपालि संग सहकार्य गरेर बिभिन्न स्थानहरुमा पार्किङ स्थल तोकेको र केही स्थलहरुमा नो पाकिङ्ग तोकिएको जिल्ला प्रमुख प्रहरी निरीक्षक सुनिल कुमार क्षेष्ठले जानकारी दिए । थप पार्किङ्ग व्यवस्थापन गर्नका निम्ती अन्य पाकिङ स्थलहरुको खोजि कार्य जारी रहेको उनले जानकारी दिए । स्लो भ्याकलहरुलाई बायाँ तर्फ बाट , मध्य गतिमा चल्ने सवारी साधनलाई बिच बाट र दनहिने तर्फ बाट दमकल , एम्बुलेन्स प्रहरीको गाडिहरु चल्ने व्यवस्था गरिएको र नियमको उल्ङ्गन गर्नेलाई कार्वाही गरिने गरेको उनले बताए । मापासेको कारण अत्याधिक दुर्घटना बढेको कारण लेट नाईट चेकिङ्ग पनि गरिदै आएको छ ।
महानगर भित्र ५ हजार भन्दा बढि सम्म सिटी सफारी भएको कारण महानगरपालिकाले असार मसान्त सम्म महानगरमा दर्ता गर्ने सफारीहरुलाई चल्न दिने र दर्ता नभएका सफारीहरुलाई बाहिर विस्थापित गर्ने निर्णय गरेको उनले जानकारी दिए । महानगरको टोली संग संयुक्त रुपमा चेकिङ्ग गर्ने र नियन्त्रण गरि महानगरलाई जिम्मा लगाउने गर्दै आएको र नियम उलङ्गन गर्नेहरुलाई कार्वाहीको दायरामा पनि ल्याएको बताए । अधिकान्स सफारीहरुको कागज पत्र नभएको कारण मज्दुर संघलाई यसरी सवारी नचउलाई आग्रह गर्नुको साथै दुर्घटनाको जोखिम धेरै बढ्न सक्ने भएकोले ट्रफिक नियम सम्बन्धी सचेतना मुलक कार्यक्रम पनि गर्दै आईरहेको श्रेष्ठ बताए ।