0
Shares
राष्ट्रियसभामा नेकपा (माओवादी केन्द्र)की सांसद रेनु चन्दले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसम्बन्धी कानून नबनेको भन्दै सरकारसँग जवाफ मागेकी छन्।
आइतवारको राष्ट्रियसभा बैठकमा बोल्दै उनले शहीद दशरथचन्द सवास्थ्य विज्ञान विश्वविद्यालयको विधेयक कता हरायो भन्दै प्रश्न गरिन्। उनले राष्ट्रियसभाले पास गरेर पठाएको लामो समय भइसक्दा समेत विधेयकले कानूनी रूप नलिएको भन्दै सरकारसँग जवाफ मागिन्।
सांसद चन्दले भनिन्‚ ‘शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको विधेयक कता हरायो? सरकारले जानकारी दिनुपर्यो। राष्ट्रियसभाले पास गरेर उहिल्यै पठाएको विधेयक अहिलेसम्म पनि कानूनमा किन बनेको छैन? सरकारको जवाफ माग्छु।’