सरकारले डिजिटल नेपाल फ्रेमवर्क २.० को मस्यौदा सार्वजनिक,

0 Shares

काठमाडौं |डिजिटल नेपाल फ्रेमवर्क २.० को मस्यौदा सार्वजनिक गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मंगलवार उक्त कस्यौदा सार्वजनिक गरेको हो ।सरकारले पहिलोपटक २०७६ सालमा ‘सुशासन, विकास र समृद्धिका लागि’ भन्दै डिजिटल नेपाल फ्रेमवर्क सार्वजनिक गरेको थियो । उक्त फ्रेमवर्कलाई परिमार्जित एवं संशोधित गरेको छ । परिमार्जित डिजिटल नेपाल फ्रेमवर्क २.० आर्थिकरूपमा रेजिलियन्ट, समावेशी र जलवायुमैत्री रहेको मस्यौदामा उल्लेख छ ।

यसले नेपालको डिजिटल रूपान्तरणमा भविष्यका लागि तयार डिजिटल पूर्वाधार, डिजिटल सेवामा पहुँच, सिप तथा डिजिटल साक्षरता र डिजिटल अर्थतन्त्रको रूपान्तरणका क्षेत्रमा काम गर्ने विषय समेटेको छ । डिजिटल नेपाल फ्रेमवर्कक २.० को कार्यान्वयनका लागि केन्द्रीय डिजिटल रूपान्तरण परिषद्को परिकल्पनासमेत गरेको छ ।

सम्बन्धित समाचारसबै