काठमाडौँ : पाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेका रिट न्यायाधीशद्वय कुमार चूडाल र नित्यानन्द पाण्डेयको इजलासमा परेका छन्।
सर्वोच्च अदालतले भर्खरै प्रकाशित गरेको पेसी सूचीमा उक्त इजलासको पहिलो र दोस्रो नम्बरमा कुलमान र हितेन्द्रदेवका निवेदन क्रमशः परेका छन्।
यसअघि आइतबार पेसी तोकिएका भए पनि सुनुवाइ नभएपछि मंगलबार सरेको हो।आइतबार रिट सुनुवाइका लागि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश सारंगा सुवेदीको संयुक्त इजलासमा परेका थिए।
हितेन्द्रदेव शाक्यका तर्फबाट वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी वकिल रहेको र उनी प्रधानन्यायाधीश राउतका ल फर्मका पूर्वसाझेदार भएको कारण त्यस दिन ‘हेर्न नमिल्ने’ मा परेको हो।कुलमानले आफ्नो पदाधिकार छँदाछँदै सरकारले बदनियतपूर्वक हटाएको भन्दै थमौतीका लागि अन्तरिम आदेश माग गरेका छन्।