काठमाडौं- संसदमा बोल्दै प्रधानमन्त्री ओलीले एक वर्षअघिदेखि 'सरकार, व्यवस्था र संविधानप्रति अनास्था,
घृणा र भ्रम फैलाउन एउटा तत्त्व' क्रियाशील रहेको टिप्पणी गरेका छन्।त्यो तत्त्वबारे उनले थप केही
खुलाएका छैनन्। तर लगत्तै उनले पूर्व राजाको सन्दर्भ उल्लेख गरेर निशाना पूर्वराजा तर्फ पनि रहेको सङ्केत
दिएका छन्।
उनले भने, “फागुन २५ गते कथित ‘स्वागत–सवारी’ आयोजना गरियो । र, चैत १४ गते समाज बिथोल्न लागिपरेका एक जना अवाञ्छित व्यक्तिलाई आफ्नै निवासमा डाकेर कथित ‘जनकमान्डर’ तोक्नु भयो र हिंसात्मक वारदातका लागि खटाउनु भयो।”
राजसंस्थावादीहरूको प्रदर्शनमा नवराज सुवेदी र दुर्गा प्रसाईँको अगुवाइलाई लिएर अन्य कतिपयले पनि पूर्वराजाको भूमिका रहेको टिप्पणी गरेको पाइएको छ।
त्यसैलाई आधार बनाउँदै कतिपयले ज्ञानेन्द्र शाहलाई पनि काठमाण्डूको तीनकुनेमा भएको प्रदर्शनसँग जोडिरहेका छन्।
तर उनका संवाद सचिव डा. फणिराज पाठक उक्त आरोप ठाडै अस्वीकार गर्छन्।
“कोटेश्वरको घटनामा राजाको संलग्नता कहाँ छ? नवराज (सुवेदी) जीले आफैले भन्नु भएको छ यो समिति राजाले बनाएको होइन, विचार मिल्नेहरूलाई एकसाथ लिन आफूहरूले अग्रसरता लिएको बताउनु भएकै छ। १५ गतेको कार्यक्रम घोषणा गर्ने (दुर्गा) प्रसाईँजी। उहाँलाई कमान्डर तोक्नुहुन्छ नवराजजी। अनि दोष चाहिँ राजाले बोक्नु पर्ने?” उनले प्रतिप्रश्न गरे।
उनले पूर्वराजालाई लिएर “अनौठो गतिविधि भइरहेको” भन्दै आश्चर्य पनि प्रकट गरे। एउटा उदाहरण दिँदै पाठकले भने, “स्थानीय प्रशासनले एउटा समितिलाई कार्यक्रम गर्न अनुमति दिन्छ अनि काठमाण्डू महानगरले राजालाई चिठी काट्ने?