देशलाई द्वन्द्वतिर धकेलिँरहेका छन् राजावादीहरु र पूर्वराजा ज्ञानेन्द्रले: प्रकाण्ड

0 Shares

राजावादीहरु र पूर्वराजा ज्ञानेन्द्र शाहले देशलाई फेरि द्वन्द्वमा धकेल्न चाहेको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले बताएका छन् ।

हिजो  प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले राजावादीहरु र पूर्वराजा ज्ञानेन्द्रबाट देशलाई द्वन्द्वतिर जानबाट रोक्नका लागि सबै राजनीतिक दल एक हुनु्पर्ने बताए ।

अहिले राजावादीहरु र ज्ञानेन्द्र शाहले गणतन्त्रको खिलाफमा हर्कत गरिरहेका छन्, गतिविधि गरिराखेका छन् । यसले के देखाउँदै छ भने देशलाई फेरि द्वन्द्वतिर धकेलिँदैछ । हामीले विचार गरिराख्ने कुरा नेपालका राजनीति पार्टी हामी नेपाल कम्युनिष्ट पार्टी पनि, विगतमा १० वर्ष जनयुद्ध सञ्चालन गरेका नेताहरु पनि हामी धेरै सिरियस छौं । ज्ञानेन्द्र शाह र प्रतिगामीहरुको कारणले गर्दा देश त फेरि द्वन्द्वमा जाँदैछ । उनीहरुले द्वन्द्वमा लाँदैछन् । देशलाई द्वन्द्वबाट बचाउनका निम्ति सबै राजनीतिक दल एक हुनुपर्छ,’– उनले भने ।

सम्बन्धित समाचारसबै