ज्ञानेन्द्र शाहका गतिविधिमा अब रोक लगाउनुपर्छ: बाबुराम भट्टराईले भने,

0 Shares

काठमाडौँ – नेसपा (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहका गतिविधिमा रोक लगाउन सरकारलाई सुझाव दिएका छन्।

पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालमा आफ्नै राज चल्दै आएझैं जुन किसिमको हरकत गरिरहेका छन्, त्यसैको निरन्तरता स्वरूप शुक्रबार तीनकुनेमा हिंसात्मक घटना भएको उनले बताए।

‘ज्ञानेन्द्र शाहकै उक्साहट, निर्देशन र योजनामा चैत १५ को आपराधिक घटना भएको हो,’ पूर्वप्रधानमन्त्री भट्टराईले बैठकबाट निस्केर संवाददाताहरूसँग भने, ‘उनको गतिविधिले सीमा नाघिसक्यो। अब उनलाई क्षमा दिन सकिँदैन। दलहरूले सहमति बनाएर संवैधानिक, कानुनी कारबाही अघि बढाउनुपर्छ।’

सम्बन्धित समाचारसबै