जडीबुटीमा राजावादीको आगजनी र तोडफोडबाट २८ करोडको क्षति,

0 Shares

प्रशोधन कम्पनी लिमिटेड तथा  जडीबुटी उत्पादनले राजावादी समर्थकको आगजनी र तोडफोडबाट करिब २८ करोड बराबरको क्षति भएको जनाएको छ।

चैत १५ गते भएको आगजनी र तोडफोडबाट सञ्चो उत्पादन गर्ने भवन, ल्याब पूर्णरुपमा क्षति भएको र करिब २८ करोड बराबरको क्षति प्रारम्भिक अनुमान रहेको कम्पनीले जनाएको छ।

कम्पनीकी महाप्रबन्धक संगीता यादवले क्षतिको विस्तृत अध्ययन गर्न बाँकी रहेको जानकारी दिइन्। आगजनी र तोडफोडका कारण केहिदिन उत्पादन कम हुनसक्ने भन्दै कम्पनीका अन्य शाखाहरूबाट नियमित रुपमा सन्चो उत्पादन गर्ने योजना बनाएको उल्लेख गरे। आगजनीका कारण सबै जलेर खरानी भएको भन्दै सरकार लगायत सबैको सहयोगमा अझै शक्तिशाली भएर उठ्ने उनको भनाइ छ।

सम्बन्धित समाचारसबै