काठमाडौँ – १५ चैतमा राजतन्त्रपक्षधरहरूको आन्दोलनका क्रममा तीनकुनेमा भएको घटनामा गृहमन्त्रीले जवाफ दिनुपर्ने उनीहरूको भनाइ छ ।राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा कांग्रेस सांसदहरूले गृहमन्त्री रमेश लेखकको जवाफ माग गरेका छन् ।
राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा कांग्रेस सांसदहरूले गृहमन्त्री रमेश लेखकको जवाफ माग गरेका छन् । १५ चैतमा राजतन्त्रपक्षधरहरूको आन्दोलनका क्रममा तीनकुनेमा भएको घटनामा गृहमन्त्रीले जवाफ दिनुपर्ने उनीहरूको भनाइ छ ।
कांग्रेस सांसद हृदयराम थानीले बैठकमा भने, ‘तीनकुनेको घटमा के कारणले भयो ? गृहमन्त्रीलाई बोलाएर जवाफ माग गरौँ । सके प्रधानमन्त्री नै बोलाउनुपर्थ्यो, कमसेकम गृहमन्त्रीलाई जवाफ दिने वातावरण बनाउन सभापतिसँग आग्रह गर्दछु ।’
यसबारेमा गृहमन्त्रीले संसदमा पनि जवाफ नदिएकाले समितिमा भए पनि जवाफ दिनुपर्ने सांसद सरिता प्रसाईंको भनाइ छ । ‘हिजो संसदमा उहाँले कुरा राख्ने कुरा थियो, त्यो हुन सक्ने अवस्था भएन । समितिमा गृहमन्त्रीलाई बोलाएर जवाफ माग्ने वातावरण किन भएन ?,’ उनले प्रश्न गरिन् ।
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले ४ हजारको भिड नियन्त्रण गर्न राज्यसंयन्त्रले नसकेको हो ? भन्दै गृहमन्त्रीले जवाफ दिनुपर्ने माग गरे । ‘यो बैठकमा गृहमन्त्रीज्यूलाई तीनकुने घटनाका बारेमा भएको के हो, जवाफ दिन बोलाउनुपर्छ भनेर सभापतिलाई आग्रह गरेको थिएँ,’ शर्माले भने, ‘४ हजारको भिड नियन्त्रणमा लिन नसक्ने भएको हो राज्यसंयन्त्र ? यसका बारेमा जवाफ दिने मौका थियो, त्यो अवसर गृहमन्त्रीले गुमाउनुभयो ।’