‘हिजो राजा जसरी बिग्रिए, आज तीन नेता त्यही गतिमा छन्’

0 Shares

गलत कार्यकर्ताकोबीचमा हिजो राजा बिग्रिए, तिमीहरू ‘श्री ३’ (देउवा, ओली, प्रचण्ड) पनि त्यसैगरी बिग्रँदैछौ भनेर मैले भनिदिने गरेको छु । बाहिरको अनुभव सिक्न नचाहने, मै जान्ने र मै ठूलो भन्ने सोच राख्दाराख्दै उनीहरूको यो दुर्गती भयो ।

सर्वोच्च अदालतका पूर्वन्यायाधीश कृष्णजंग रायमाझी, २०६२/०६३ को जनआन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न गठित उच्चस्तरीय आयोगका संयोजक हुन् । दलका नेताहरूलाई विगतको गल्ती नदोहोर्‍याउने ‘कबुल’ गराएरै समितिको नेतृत्व स्वीकारेको बताउने उनी राजनीतिज्ञहरूको पुरानै चरित्र र संस्कार दोहोरिएकोमा खिन्न छन् ।

जनताको संघर्षबाट आएको लोकतन्त्रलाई राजनीतिज्ञहरूले आफ्नो स्वार्थ र हितमा प्रयोग गर्दा समाजमा उकुसमुकुस बढेको र त्यो कुनैपनि बेला विस्फोट हुनसक्ने उनको आकलन छ ।

सम्बन्धित समाचारसबै