काठमाडौं – पूर्व उपप्रधानमन्त्री डा.भीम रावलले राज्य सञ्चालनमा संलग्न रहेका व्यक्तिहरुले तीनकुनेको हिंसात्मक घटनालाई गम्भीर रूपले लिनुपर्ने बताएका छन् ।
व्यक्तिहरुले तीनकुनेको हिंसात्मक घटनालाई गम्भीर रूपले लिनुपर्ने बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले उक्त हिंसात्मक घटनाको दोषी को हो भन्ने कुरा निष्पक्ष छानविन गर्नका लागि न्यायिक छानविन आयोग बन्नुपर्ने बताएका हुन् । उनले उक्त घटनाको न्यायिक छानविन भएर सत्यतथ्य बाहिर आएपछि मात्रै भोलिका दिनमा राज्यप्रति नागरिकहरुको विश्वासनीयता कायम हुने बताएका हुन् । ‘यदि यस्तो कुरालाई एकदम अन्यौलग्रस्त राख्न दिइयो भने यसको पछि धेरै नकरात्मक प्रभावहरु पर्न सक्छन् ।
नेता रावलले अहिले देशको राजनीति संविधानलाई मिचेर सिद्धान्तहीन, उद्देश्यहीन र गन्तव्यहीन यात्रामा अगाडि बढिरहेको पनि बताए । अहिलेका प्रधानमन्त्री केपी शर्मा अोली र दलका शीर्ष नेताहरुले लोकतन्त्रको मूल्य, मान्यतालाई कुल्चिएको र संविधान नमानेको उनको आरोप छ । तीन कुनेको हिंसा भड्काउनमा राजनीतिक दल नै जिम्मेवार रहेको उनको आरोप छ ।