गृहमन्त्री लेखक: सुरक्षाकर्मीमाथि गाडी गुडाउनेसम्मको प्रयास क्षम्य हुन सक्दैन

0 Shares

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सुरक्षाकर्मीमाथि गाडी गुडाउनेसम्मको प्रयास क्षम्य हुन नसक्ने बताएका छन् ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक आन्दोलनबारे जानकारी गराउँदै त्यो कार्यक्रममा संविधान उल्ट्याउने र व्यवस्था हटाउने विषय कहीँ नलुकेको बताए ।

‘चैत १५ गते तीनकुनेमा भएको आन्दोलनमा सुरक्षाकर्मीमाथि गाडी गुडाउनेसम्मको प्रयास क्षम्य हुन सक्दैन,’ गृहमन्त्री लेखकले भने, ‘संविधान उल्ट्याउने र व्यवस्थालाई हटाउने विषय कहीँ लुकेको छैन ।’ उनले संविधानको व्यवस्था मूल्य मान्यताभित्र गरेर गरेका आन्दोलनको सरकारले सदैव स्वीकार गरिरहेको र गर्ने बताए ।

सम्बन्धित समाचारसबै