सात हजार सुरक्षाकर्मी परिचालन, राप्रपाको विरोध सभा सुरक्षाका लागि

0 Shares

काठमाडौ – राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको विरोध सभा एवं प्रदर्शनलाई मध्यनजर गर्दै करिब सात हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।

जसमध्ये नेपाल प्रहरीका पाँच हजार र सशस्त्र प्रहरीका एक हजार पाँच सय सुरक्षाकर्मी रहनेछन् । सभामा सहभागी हुन कालीमाटी, सानेपा, कलंकीदेखि नाराजुलुससहित कार्यकर्ता सभास्थल बल्खु पुग्नेछन् । उक्त क्षेत्रमा सञ्चालन हुने सवारीसाधनलाई प्रहरीले अन्यत्र डाइभर्ट गरेको छ ।

सम्भावित दुर्घटना हुन नदिन प्रहरीले आसपासका सबै सपिङ मल, सरकारी कार्यालय, ठुला भवनआसपासका क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले मंगलबारको सभा सुरक्षाका लागि आवश्यक सबै प्रबन्ध तयार भएको बताए ।

सम्बन्धित समाचारसबै