काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पूर्वराष्ट्रपति/उपराष्ट्रपति राजनीतिमा पुनः फर्कने कुरा उचित नभएको प्रतिक्रिया दिएका छन्।
मंगलबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै नेता नेपालले दुवै पद सक्रिय राजनीतिभन्दा बाहिर भएकोले यसैको सम्मानका लागि उक्त पदमा बसेर फर्किएकाले ध्यान दिनुपर्ने बताएका हुन्।
पूर्वराष्ट्रपति/उपराष्ट्रपति राजनीतिमा पुनः फर्किए राज्यले दिने सुविधा कटौती गर्नुपर्ने उनको भनाइ छ। नेता नेपालले सक्रिय राजनीतिबाट बिदा हुनुपर्ने भएकै कारणले आफूले राष्ट्रपति पद स्वीकार नगरेकोसमेत दाबी गरे।
‘पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिलाई राजनीतिमा लागिसकेपछि त अब अर्को ढंगले सोच्नुपर्छ। पूर्वराष्ट्रपति राजनीतिमा नलाग्दाखेरिको दिने सुविधा र लागिसकेपछिको सुविधामा फरक हुनुपर्छ,’ उनले भने, ‘सक्रिय राजनीतिबाट बिदा हुनुपर्ने भएकै कारणले मैले राष्ट्रपति पद स्वीकार गरिनँ।’