प्रधानमन्त्री: जनतालाई पवित्रभावका साथ सेवा दिएर लोकतन्त्रलाई बलियो बनाउनुपर्छ

0 Shares

जनकपुर– प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनका लागि दृढ अठोट बोकेर जनतालाई पवित्रभावले सेवा दिई लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्।

मधेस प्रदेशसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको पहिलो अधिकार गरिबीबाट मुक्ति हुने भएकाले गरिबीका अगाडि अन्य अधिकारको कुनै अर्थ नहुने बताउँदै विकास र समृद्धिको यात्रामा मिलेर अघि बढ्न आह्वान गरे।

‘संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था ठूलो उपलब्धि हो। यो उपलब्धिलाई केवल राजनीतिक उपलब्धिका रूपमा मात्र होइन जनताको संघर्षबाट प्राप्त भएको उपलब्धिका रूपमा लिनुपर्छ। त्यसकारण हाम्रा प्रयासहरु जनताको सेवामा समर्पित हुनुपर्छ । परिपूर्ण लोकतन्त्रका लागि हामीले काम गर्नुपर्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘जनताले परिवर्तनको उपलब्धि आफ्नो पेट, आफ्नो आङ र सन्ततिको हितमा खोज्छ। त्यसकारण हामीले जनतालाई लोकतान्त्रिक अधिकार उपयोग गर्न दिनुपर्छ। सम्पूर्ण सामाजिक जीवनमा लोकतन्त्र फुलाउनुपर्छ। त्यसका लागि समाजलाई विकास र सुशासनको गतिमा लानैपर्छ।’

सम्बन्धित समाचारसबै