रवीन्द्र मिश्र र धवलशलाई जस्तो मुद्दा ओली र प्रचण्डलाई लगाउनुपर्ने बताए: राप्रपाका उपाध्यक्ष तामाङले

0 Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष बुद्धिमान तामाङले आफ्नो पार्टीका नेताहरू रवीन्द्र मिश्र र धवलशमशेर राणालाई लगाएजस्तो मुद्दा सुरुमा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लगाउनुपर्ने बताएका छन् ।

मंगलबार काठमाडौंको बल्खुमा पार्टीले आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा उनले ओली र प्रचण्ड दुवैले संविधान विरोध अभिव्यक्ति दिँदै हिँडेको आरोप लगाए ।

उनका अनुसार, ओलीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र प्रचण्डले प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको वकालत गरेको भन्दै उक्त दुवै विषय संविधानमा नभएको उनको तर्क थियो ।

‘सरकारले तुरुन्तै उहाँहरू (रवीन्द्र र धवल) लाई विनाशर्त रिहाइ गरोस् । यसमा सत्यतथ्य के हो ? पार्टीले पनि माग गरेको छ,’ तामाङले भने, ‘… यस्तो मुद्दा लगाउने हो भने पहिला कसलाई लाउनुपर्छ थाहा छ ? केपी ओलीलाई लाउनुपर्छ ।’

प्रधानमन्त्री ओली संविधानको विरुद्धमा रहेको उनको भनाइ थियो ।

‘…किनभने संविधानमा नभएको प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री चाहिन्छ भन्नुभएको छ । उहाँ पनि संविधानको खिलापमा हुनुहुन्छ । त्यसैले उहाँलाई थुन्नुपर्छ,’ उनले भनेका छन् ।

सम्बन्धित समाचारसबै