0
Shares
काठमाडौं- आज (बुधबार) प्राइम टाइम्स टेलिभिजनको प्राइम संवादमा पत्रकार कृष्ण मल्लसँग संवाद गर्दै उनले तीनकुनेको घटनामा सरकारको थुप्रै कमिकमजोरी रहेको बताएका हुन् ।
नेपाली कांग्रेसका नेता हृदयराम थानीले सरकारको कमीकमजोरीका कारण तीनकुनेको हिसात्मक प्रदर्शनका क्रममा पत्रकार सुरेश रजक र सविन महर्जनको मृत्यु भएको बताएका छन् ।
‘सरकारको कमीकमजोरीले गर्दा चाहे सविन महर्जनलाई गोली लागेको अवस्था होस्, सुरेश रजक पत्रकारलाई घरभित्रै राखेर आगोसमेत निभाउन नसक्ने सरकारले । कमिकमजोरी छ सरकारको । सरकारको कमीकमजोरीलाई मैले ढाकछोप गर्ने कुरा छैन,’– उनले भने ।