बजेट तयारीबारे ओलीले आज मन्त्री र सचिवहरूसँग छलफल गर्ने: प्रधानमन्त्री

0 Shares

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओ‌लीले आज आगामी आर्थिक वर्षको बजेट तयारीबारे मन्त्री र सचिवसँग छलफल गर्ने भएका छन्।

प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज दिउँसो सवा २ बजे सबै मन्त्री र सचिवसँग छलफल गर्ने लागेका हुन्।

बैठकमा प्रधानमन्त्री ओलीले आवश्यक निर्देशन दिनेछन्। मन्त्रीहरुले आगामी बजेटको बारेमा सरोकारवाला निकायसँग छलफल गरिरहेका छन्।

अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेट लेख्ने कामका लागि  बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपालको संयोजकत्वमा ‘बजेट लेखन समिति’ गठन गरिसकेको छ। सदस्यहरूमा वैदेशिक महाशाखा प्रमुख धनीराम शर्मा, राजस्व महाशाखा प्रमुख उत्तरकुमार खत्री, प्रशासन महाशाखा प्रमुख थानप्रसाद पंगेनी, आन्तरिक राजस्व विभागका उपमहानिर्देशक तीर्थ चिलुवाल र सहमहालेखा नियन्त्रक सुशीला अर्याल छन्।

सम्बन्धित समाचारसबै