प्रधानमन्त्री: ‘राजा फर्काउँछु भन्नेलाई होइन पशुपतिका बाँदरलाई मन्त्री बनाउँदा राम्रो’

0 Shares

काठमाडौं – प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजा फर्काउँछु भन्नेहरूलाई मन्त्री, प्रधानमन्त्री बनाउनुभन्दा पशुपतिका बाँदरलाई बनाउँदा राम्रो हुने टिप्पणी गरेका छन् ।

नेकपा एमाले कोशी प्रदेशले झापाको दमकमा आयोजना गरेको जनजागरण सभामा बोल्दै प्रधानमन्त्री ओलीले देशलाई अस्थिरतातर्फ लैजान तमासा भइरहेको बताए । उनले ढुङ्गा हान्न जानेकाले देश चलाउँछु भनेर उधुम मच्चाएको टिप्पणी गरे ।

‘ड्राइभिङ नजानेकाले राम्रोसँग गाडी चलाउँछु भनिरहेका छन् ।’ प्रधानमन्त्री ओलीले भने, ‘दुईचार मान्छेले राजा फर्काउँछौं भन्दै हिँडेका छन् । गाडीको हुटमा चढेर हात हल्लाउँदै हिँडेर राजा आउँदैनन् ।’
सम्बन्धित समाचारसबै