0
Shares
काठमाडौँ- नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराईलाई सुरक्षाका लागि प्रहरीले शौचालयमा थुनेको भनेर यतिबेला सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेको छ।
कञ्चनजंघा हिरक महोत्सव उद्घाटनका लागि शुक्रबार गृहजिल्ला ताप्लेजुङ पुगेका उनलाई ‘नो केबलकार’ समूहले नाराबाजी गरेपछि उनी शौचालयभित्र पसे।
स्थानीयका अनुसार आन्दोलनकारीबाट असुरक्षा देखिएपछि प्रहरीले योगेश पसेको शौचालयको ढोकामा चुकुल लगाइदिएको हो। यस विषयमा शनिबार दिउँसो नेपालखबरले जिज्ञासा राख्दा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता, प्रहरी निरीक्षक विवेक बस्नेतले भने सामाजिक सञ्जालमा भाइरल भएजस्तो घटना नभएको दाबी गरे।