0
Shares
काठमाडौं ।देशभरका शिक्षकहरूले संघीय राजधानीको सडकमा चर्काएको १९ दिन पुग्दा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सोमबार राजीनामा दिएकी छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष भट्टराईले राजीनामा दिएकी हुन् । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका देशभरका शिक्षकहरूको मागलाई सम्बोधन गर्न उनी सक्रिय रूपमा लागेकी थिइन् ।
लामो समयदेखि संसदीय समितिमा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयकलाई पारित गर्न उनले सक्रियता बढाएकी थिइन् ।
उनले सोमबार बस्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठकमा आन्दोलनरत शिक्षकको माग सम्बोधन गर्ने गरी ७ बुँदे प्रस्ताव लैजाने तयारी गरेकी थिइन् ।