0
Shares
काठमाडौं- नेपाल टेलिकमका प्रमुख सञ्चालन अधिकारी डिल्लीराम अधिकारी कर्णाली प्रदेशमा टावर विस्तार गर्न स्थानीय जनप्रतिनिधिबाट राम्रो सहयोग पाएको बताएका छन्
मंगलबार डिजिटल कर्णाली कन्क्लेभ २०२५ मा बोल्दै अधिकारीले कर्णालीमा कर्णालीका विभिन्न जिल्लामा टावर विस्तार गर्न, सामग्री पुर्याउन प्रदेश सरकारसँगै स्थानीय जनप्रतिनिधिबाट राम्रो सहयोग पाएको जानकारी दिएका हुन् ।
चालु आर्थिक वर्षमा नेपाल टेलिकमले कर्णाली प्रदेशमा १२ वटा नयाँ फोरजी टावर विस्तार गरेको छ । २० वटा टावर पाइपलाइनमा रहेका छन् । थप १७० वटा टावर नयाँ योजनामा राखिएको उनको भनाइ छ ।