प्रविधियुक्त शिक्षामा भौतिकमन्त्री दाहालको जोड

0 Shares

 काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले शिक्षा प्रणाली प्रविधियुक्त र समयानुकूल बनाउन आवश्यक रहेको बताएका छन् ।

मन्त्रालय अन्तर्गतको निर्माण व्यवसाय प्रवर्द्धन शाखामार्फत मंगलबार विभिन्न विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण गर्दै उनले शैक्षिक प्रणाली र गुणस्तर सुधार सवैको दायित्व भएको उल्लेख गरे ।

विश्वस्तरमा प्रतिष्पर्धी जनशक्ति उत्पादन गर्न विद्यालय तहदेखि बलियो जग बनाउनुपर्नेमा जोड दिँदै मन्त्री दाहालले सिप र प्रविधियुक्त शिक्षाले स्वदेशमै स्वरोजगारी सिर्जनामा पनि सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।

सम्बन्धित समाचारसबै