0
Shares
काठमाडौं-नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरूलाई अपमानित गरेको आरोप लगाएको छ ।
बुधबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै माओवादी प्रवक्ता अग्नि प्रसाद सापकोटाले शिक्षकका माग पूरा गर्नुभन्दा प्रधानमन्त्री ओलीले उनीहरूलाई होच्याउने, अपमानित गर्ने काम गरिरहेको बताए ।
शिक्षा ऐनको माग गर्दै शिक्षकहरू सडक आन्दोलनमा रहे पनि सरकार र प्रधानमन्त्रीले बेवास्ता गरेको उनको भनाइ छ ।