0
Shares
काठमाडौँ । दैलेख जिल्लाको गुराँस गाउँपालिकामा नेपाल टेलिकमले पहिलो पटक फोरजी सेवा सञ्चालनमा ल्याएको छ ।
कर्णाली प्रदेश अन्तर्गतको यो दुर्गम क्षेत्रमा टेलिकमले वैशाख ८ गतेदेखि मोबाइल सेवा सुरु गरेको हो । यसअन्तर्गत गुराँस गाउँपालिका वडा नं. ३, ४ र ५ अन्तर्गतका गुराँस बजार, गाउँपालिका कार्यालय क्षेत्र, गोगनपानी, पातीकान्ला लगायतका गाउँहरू, वीरेन्द्रनगर नगरपालिका वडा नं. १४ अन्तर्गतको बयलकाँडा र बराहताल गाउँपालिका वडा नं. ९ अन्तर्गतको लेकगाउँ जस्ता क्षेत्रमा फोरजी सेवा प्रयोग गर्न सकिने छ ।
यस सेवा सञ्चालनसँगै स्थानीय बासिन्दाले पहिलो पटक उच्च गतिको इन्टरनेट तथा गुणस्तरीय मोबाइल सेवाको अनुभव लिन पाएको कम्पनीको भनाइ छ ।