0
Shares
काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले सरकार ढल्छ भन्ने हल्ला चलाएर धमिलो पानीमा माछा मार्ने प्रयास भइरहेको बताएका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकार परिवर्तनको हल्ला चलाएर अस्थिरता निम्त्याउने प्रयास भइरहेको बताए । विगतको २० वर्षमा केही पनि भएन व्यवस्था मात्रै परिवर्तन भयो भन्ने तर्कमा कुनै सत्यता नभएको बताए ।