0
Shares
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले प्रधानमन्त्री केपी ओलीमाथि प्रश्नमाथि प्रश्न गरेका छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा सरकारप्रति पुन कडा रूपमा प्रस्तुत भएका हुन् ।
संघीय संसद्को वर्षे (बजेट) अधिवेशनको पहिलो दिन दलीय आधारमा बोलेका उनले सरकार र प्रधानमन्त्री केपी ओलीमाथि प्रश्नको वर्षा गरे ।
सुरुवाती दिनबाटै वर्तमान सरकार बिचौलिया, दलाल तथा स्वार्थ समूहले बनाएको भन्दै आएकामा सरकारका एकपछि अर्को व्यवहारले आफूहरूको आरोप पुष्टि गरेको उनको भनाइ थियो ।