जनमत र नागरिक उन्मुक्तिबीच वैशाख १७ गते एकता हुने

0 Shares

काठमाडौं– प्रतिनिधिसभा निर्वाचन २०७९ बाट उदाएका दुई दल जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच वैशाख १७ गते एकीकरणै हुने भएको छ ।

जनमतका प्रवक्ता डा. शरदसिंह यादवले शनिबार सूचना जारी गरेर नागरिक उन्मुक्तिसँग एकीकरणका लागि वैशाख १७ गते घोषणा सभा आयोजना गरिने जनाएका छन् ।

जनमतले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजे आयोजना हुने एकीकरण घोषणा सभामा सबै केन्द्रीय सदस्य, भातृ तथा शुभेच्छुक संगठनका सदस्यहरूलाई उपस्थित हुन भनेको छ ।

जनमतले घोषणा सभाको अघिल्लो दिन बस्ने पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा अनिवार्य उपस्थित हुन पनि निर्देशन दिएको छ ।

सम्बन्धित समाचारसबै