कांग्रेस सांसद राईलाई तीन दिन हिरासतमा राख्न अनुमति

0 Shares

काठमाडौं : नेपाली कांग्रेसकी सांसद माया राईलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतले राईलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
उपत्यका अपराध अनुसन्धानको कार्यालयले कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन संलग्न भएको आरोपमा शनिबार राति उनलाई कपनस्थित निवासबाटै प्रहरीले पक्राउ गरेको थियो ।

कांग्रेसको केन्द्रीय सदस्यसमेत रहेकी राईविरुद्ध सहकारी ठगी र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपश्चात लामो समयदेखि फरार थिइन् । उनी सहकारीको सञ्चालक समितिमा रहेर सहसचिव पदमा कार्यरत थिइन् । उनलाई काठमाडौं जिल्ला प्रहरी, परिसर भद्रकालीको हिरासतमा राखिएको छ ।

यसैबीच सांसद माया राई पक्राउबारेको सूचना प्रतिनिधिसभाका सदस्यहरूलाई जानकारी गराइएको छ ।

 

सम्बन्धित समाचारसबै