नवराज सुवेदी: तीनकुने घटना सरकारको निर्दयी, क्रूर र तानशाही कदम

0 Shares

काठमाडौं । राजतन्त्र र हिन्दु राष्ट्र फर्काउने उद्देश्यले गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले एक महिनाअघि काठमाडौंको तीनकुनेमा भएको घटनालाई सरकारको तानशाही कदम भएको बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपालले सोमबार काठमाडौंको रत्नपार्कमा आयोजना गरेको कार्यक्रममा उनले तीनकुनेमा सरकारले निर्दयी, क्रूर, तानशाही कदम चालेको बताए ।नवराज सुवेदी

“तीनकुनेमा एक महिनाअघि जुन घटना घट्यो, त्यो निर्दयी, क्रूर, तानशाही यो सरकारको कदम थियो,” सुवेदीले भने, “कार्यक्रम सुरु हुनुभन्दा पहिले राष्ट्रिय गान बजाइँदै थियो, अन्धाधुन्द गोली चलाइयो, टियर ग्यास हानियो ।”

संयुक्त जनआन्दोलन समितिले गत चैत १५ गते तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनमा दुई जनाको मृत्यु भएको थियो । सोही घटनालाई लिएर सुवेदीले सोमबार सरकार तानशाही बनेको आरोप लगाएका हुन् ।

सुवेदीले राजावादी टुटफुट नभएको दाबी पनि गरे । राजवादी र हिन्दुवादी सबै एक भएको उनले जनाए ।

उनले बन्दीहरूलाई तत्काल रिहा गर्न मागसमेत गरे । सरकारले नेपाली जनताको मुखमा ताल्चा लगाउन ऐन बनाउन खोजिरहेको जनाउँदै उनले त्यसको विरोध गर्न आफूह आज जम्मा भएको बताए ।

सम्बन्धित समाचारसबै