0
Shares
काठमाडौं । क्यानडाको सार्वजनिक प्रसारक सीबीसी न्यूजका अनुसार देशको आम चुनावमा लिबरल पार्टीले बहुमत पाउने सम्भावना छ ।
सीबीसी न्यूजले यो पनि भनेको छ कि ३४३ सिट भएको संसद्मा पार्टीले पूर्ण बहुमत पाउने कि नपाउने भन्ने कुरा स्पष्ट छैन ।
लिबरल पार्टीको मुख्यालयमा समर्थकहरूमाझ धेरै उत्साह छ । “यो क्यानडाको इतिहासमा सबैभन्दा ठूलो पुनरागमन हो,” पार्टीका एक समर्थकले भने, “क्यानडालाई आवश्यक परेको बेला कार्नी अगाडि आउनु धेरै महत्त्वपूर्ण छ ।”