गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको नाफामा वृद्धि

0 Shares

काठमाडौं– गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

यो गत वर्षको यसै अवधिको तुलनामा ३ हजार ८१२ प्रतिशत धेरै हो । गत वर्ष यस संस्थाले ७ लाख १ हजार रुपैयाँ नाफा कमाएको थियो ।

बीमा शुल्क संकलन १ करोड ७८ लाखबाट बढेर १९ करोड ४८ लाख पुगेको छ । त्यसैगरी, कर्जा तथा लगानीबाट हुने आम्दानी बढेर ३ करोड ९९ लाख पुगेको छ । आम्दानी बढ्दा नाफामा सुधार देखिएको हो ।

सम्बन्धित समाचारसबै