राजसंस्था पुनर्स्थापनाका लागि आन्दोलनमा उत्रिने घोषणा

0 Shares

काठमाडौँ । राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले चाँडै आन्दोलनमा उत्रिने घोषणा गरेको छ ।

सोमबार काठमाडौँको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा बसेको बैठकले आन्दोलन घोषणा गरेको हो ।

गत चैत्र १५ गते काठमाडौँको तीनकुनेमा राजावादी समूहले राजसंस्था पुनर्स्थापनाका लागि आन्दोलन गरेको थियो । जहाँ एक पत्रकार सहित दुई जनाको मृत्यु भएको थियो । अवाञ्छित गतिविधि गरेको भन्दै आन्दोलनका जनकमाण्डर दुर्गा प्रसाईँ,रवीन्द्र मिश्र,धवलशमशेर राणा लगायतलाई प्रहरीले पक्राउ गरेको थियो ।

सम्बन्धित समाचारसबै